राजकुमारीका पूर्व पतिले गरे आत्महत्या

0
Shares

एजेन्सी । नर्वेको राजकुमारी मार्था लुइसका पूर्व पतिले आत्महत्या गरेका छन् । ४७ वर्षीय अरी बेहन तीन सन्तानका पिता हुन् । बेहनको आत्महत्यामा दुःख व्यक्त गर्दै नर्वेका राजा हराल्डले बेहन राज परिवारको महत्वपूर्ण सदस्य रहेको बताउदै उनी राम्रो व्यक्तित्व भएका जनाएका छन् ।

सन् २००२ मा बेहनले राजकुमारी मार्थासँग विवाह गरेका थिए । दुबै जनाबीचको सम्बन्ध तब बिग्रीएको थियो जब लस भेगासमा लागुऔषध लिँदै गरेकी एक यौनकर्मी महिलासँग पार्टी गर्दै गरेको बेहनको भिडियो सार्वजनिक भएको थियो । यसै, बीच उनीहरु सन् २०१७ मा एक अर्काबाट छुट्टीएका थिए ।

डेनमार्कमा जन्मिएका बेहनले तीन उपन्यास, दुई कथाहरूको संग्रह र आफ्नो विवाहको वर्णन गर्दै एक पुस्तक समेत लेखेका छन् ।