चिकित्सा बिज्ञानको चामत्कारीकता


न्युज अफ नेपाल, काठमाडौँ ।

के तपाई पत्याउनुहुन्छ २ वटा अस्पताल र त्यहाँ कार्यरत चिकित्सकहरुले उपचार नै लाग्दैन भनेर फर्काएको १० बर्षको बच्चा चिकित्सा बिज्ञान र चिकित्सकको ज्ञानको सही सदुपयोगले चमत्कारिक रुपमा पुर्नरजीवन पाउँछ भनेर ?
हो तपाई हामीले नसोचेका र नभोगेका कुरा चिकित्सा बिज्ञानले चामत्कारीक रुपमा प्रमाणित गरेर देखाईदिँदो रहेछ । चार दिन अघि मात्र नर्भिक इन्टरनेशनल अस्पतालमा यस्तै सर्वसाधारणले नपत्याएको दक्ष चिकित्सक र चिकित्सा बिज्ञानको प्रयोगले प्रमाणित गरेर देखाएको एउटा घटनाले ती बालकको उपचार नै हुँदैन भनेर आश मारेका चिकित्सकहरुमाथी समेत चुनौति थपिदिएको छ ।

चार दिन अघि सप्तरी स्थाई निवासी बिजय कुमार ईसारका १० बर्षिय छोरा केही दिन देखि घाटी दुख्यो भनेर चिकित्सकको सल्लाह अनुसार एनटीबायोटिक, सिटामल र कफसिरफ खाँदा खादै थप सिथिल बन्दै गए र एकाएक बेहोस भए । बिजय कुमारले बच्चालाई मोटरसाईकलमा राखेर पाटन अस्पताल पुर्याए । अस्पतालले परिक्षण गर्दा बच्चाको डाईबेटिजको लेबल ६ सय भन्दा माथि मापन नै गर्न नसकिने अवस्थामा देखेपछि यहाँ उपचार हुन्न अन्तै लैजानोस भनेर पन्छियो । बिजयकुमार आत्तिदै बालमैत्री अस्पताल लाजिम्पाट तर्फ बच्चा बोकेर हानिएको बताउँनुहुन्छ । बालमैत्री अस्पतालले पनि दिनभरि बच्चालाई परिक्षण गर्ने र हेर्ने गर्यो अन्तमा उक्त अस्पतालले बच्चाको सुगर रगत, पिसाब हुँदै शरिरभरि फैलिएकाले स्वास फेर्र्नै गाह्रो भैसक्यो । अब जहाँ लगेपनि भेन्टिलेटरमा राख्नुपर्छ उपचार सम्भव छैन तैपनि तपाईको बच्चा कतै लाने भए लैजानोस भन्यो ।

बालमैत्री अस्पतालले हात झिके पछि अतालिएका बिजयकुमार र उनका परिवारले ३५ बर्ष अघि यसरीनै आमालाई ग्याष्ट्रिक बिग्रिएर उपचारनै लाग्दैन भनेको अवस्थामा नर्भिकमा ल्याई डा.मधु घिमिरेको उपचारबाट निको भै नयाँ जीवन पाएको सम्झना गर्दै नर्भिकलाई सम्झिए । एकाएक नर्भिकमा फोन गरेर त्यहाँको सकारात्मक सम्बोधनपछि बालमैत्री अस्पतालबाट चिकित्सक टोली सहित राती ११ बजेर ३५ मिनेट जाँदा नर्भिक पुगे ।

बच्चा अस्पताल पुर्याउँदा पुरै चिकित्सकीय टीम बच्चाको उपचारको लागि तयारी अवस्थामा थियो । जुन नर्भिकमा हामीले देख्यौ अन्य अस्पताल र चिकित्सकमा देखेनौ । हामी पुग्दा लाग्थ्यो त्यहा कुनै युद्ध हुँदै छ सबैको हातमा उपकरण, बेड तयारी अवस्थामा छ । डाक्टर, नर्स, कर्मचारीहरु कुदाकुद गरेर बच्चालाई सिधै एनआईसियू लगेर उपचार शुरु गरिहाले ।

उपचारको नेतृत्व गरिरहनुभएका बालबिशेषज्ञ डा.तोदी भन्नुहुन्छ—बच्चालाई डाइबेटिक किटोएसिडोसिस भएको रहेछ । बच्चालाई त्यस्तो भयो होला भनेर पहिला कसैले पनि सोच्दैन । यस्तो समस्या १ हजार डाइबेटिक बिरामीमा ४ देखि ५ जनामा यस्तो समस्या देखिन्छ । यस्ता बिरामीले जीवनभरी इन्सुलिन चलाईरहनुपर्ने हुन्छ । सरकारले १५ बर्ष मुनिका बच्चालाई निःशुल्क दिन्छ । सरकारले निःशुल्क दिने औषधि भन्दा सक्नेले खरिद गरेर खुवाउँदा गुणस्तरमा विश्वस्नीय हुन्छ ।

बच्चा उपचारका लागि ल्याईपुर्याउँदा ० प्रतिशत आशामा थियो । त्यस्तो बिरामी फर्कन सक्ने सम्भावना अत्यन्तै कम हुन्छ । बच्चामा डाइबेटिज सोच्चदै सोचिदैनै कम्पिलकेशन भएपछि आउँछन् । अस्पताल पुग्दा बच्चाको मृगौला, कलेजोमा समस्या देखिएको थियो । उपचारपछि अहिले सामान्य भएको छ । यहि अवस्थामा सुधार हुँदै गयो भने अब २ दिनमा डिस्चार्ज हुन्छ । पहिला आमा बुबालाई बच्चालाई इन्सुलिन दिन सिकाएर मात्र घर पठाउँछौ । बच्चा यस्तो अवस्थामा नर्भिक आएर निको भएको पहिलो बिरामी हो । डाइबेटिक नर्मली १ सय भन्दा तल हुनुपर्ने हो तर बच्चाको ६ सय प्लस सुगर थियो । उपचार कै कारण अहिले १ सय ५० देखि २ सय ५० सम्म छ । यो बिस्तारै कम हुँदै जान्छ ।

बिजयकुमार भक्कानिदै भन्नुहुन्छ—हामीमा बच्चा फर्कने १ प्रतिशत पनि आशा थिएन पुरै आशा मारिसकेका थियौ । बाल मैत्रि अस्पतालबाट आएका स्वास्थ्यकर्मीहरुले डाक्टरलाई मेरो छोरा हस्तान्तरण गरुन्जेल मैले थुप्रैपटक बच्चाले सास फेरेको छ कि छैन भनेर मुखमा लगाएको अक्सिजन खोल्दै हातले मुखमा छाम्दै गरिसकेको थिए । अन्तिम एक पटक प्रयास गरौं म मेरो बच्चालाई जे जस्तो अवस्था भए पनि बचाउन चाहन्छु । मेरो यो शब्द सुनेर उपचारमा संलग्न बाल बिशेषज्ञ डा.भिवेक तोदीले बच्चा मलाई दिनुस तपाईहरुलाई भोली बिहान ५ बजे मात्र बच्चाको अवस्थाको बारेमा जानकारी गराउँला भनेर भित्र लानुभयो । रातभरि छट्पटाउँदै बस्यौ नभन्दै बिहान ५ बज्दा मरिसकेको बच्चा डाक्टरको हातमा दिएका थियौ चल्मलाउन थालेछ । त्यतिबेला म खुशीले हर्सित भएर उपचारमा संलग्न तीन जना डाक्टरको खुट्टामै लम्पसार परेर ढोगे । मेरो छोरो बचाउने भगवान उहाँहरु नै हो ।

हामीले पुर्ण रुपमा आशा मारिसकेको बच्चालाई उपचार गछौ भनेर डाक्टरहरुले देखाएको आशामा विश्वास गरेर मेरो बच्चामाथी हेलचेक्र्याई नहोस भनेर सुम्पिए । बच्चाको शरिरमा सोडियम, पोटासियम सबै सुन्य थियो । डाक्टरहरुको भनाईमा मात्र पोजेटिभ थियो तर बच्चाको शरिरको कुनै पनि भागमा पोजेटिभ आशा गर्ने ठाउँ थिएन । त्यस्तो क्रिटिकल अवस्थाको बच्चालाई कसरी बचाउनुभयो मत उहाँहरुलाई ईश्वर नै मान्छु । यहि भएर उपचारमा संलग्न चिकित्सकहरुलाई मैले तपाईहरु मेरो छोराको लागि भगवान हो भनेर खुट्टा समातेर ढोगे । उहाँहरुले हामी भगवान होइन भन्दै हुनुहुन्थ्यो । बच्चा बेहोस भएको ४८ घण्टा पछि होसमा आएको देखे । त्यतिबेला उस्लाई भेन्टिलेटरमा राखेको थियो । मैले मलाई चिन्यौ भन्दा टाउको हल्लायो । अहिले ४ दिनमा बच्चा पहिलाकै अवस्थामा आएको छ । अण्डा, दुध, दालभात खायो ।

मेरो छोरा फेरि जन्मियो । भेन्टिलेटरमा राखेको बच्चा फेरि फर्कन्छ भन्ने लागेको थिएन । कसैले पत्याएकै छैनन बच्चा फर्कियो भनेर । जुन अवस्थमा म बच्चालाई लिएर अस्पताल आएको थिए । नर्भिकनै किन छान्नुभयो ? मेरो आमा धेरै पुरानो ग्याष्टिकको रोगी हुनुहुन्थ्यो उहाँ सिकिस्तै हुनुहुन्थ्यो । नर्भिकको सिस्टम पहिला देखिनै अत्यन्तै विश्वसनीय थियो । मेरो आमालाई पनि नर्भिकले बचाएकै हो । मैले धेरै सुनेको थिए नर्भिकमा लग्यो भने अति जटिल केस पनि निको हुन्छ रे तर अहिले म आफैले भोगे वास्तवमै हो रहेछ । डा. विवेक तोदी, डा.पिप्लब, डा.बिनिताले बच्चा हातमा लिएर भन्नुभयो—हामी पनि आफ्नो सिकाई प्रयोग गरेर देखाउन भित्र जान्छौ र तपाईहरु पनि बाहिर बसेर प्रार्थना गर्नुस् ।

तर मेरो बच्चालाई आफ्नै बच्चालाई जस्तो व्यवहार गरेर अस्पताल र डाक्टरहरुको अथक प्रयासले बचाए मसँग उहाँहरुलाई धन्यवादका लागि प्रयोग गर्ने शब्द नै छैन, जुन रुपमा मेरो बच्चाले पुर्नजन्म पायो । चिकित्सा बिज्ञानले मेरो जीवनमा ल्याएको चमत्कार दुनिया कसैले सोच्नै सक्दैन । बिहान ४ बजे देखि राती ११ बजेर ३५ मिनेट जाँदा सम्म छटपटाएर हिडेको मलाई साढे ५ घण्टामा नर्भिकले खुशी मात्र दिएन मेरो गुमिसकेको छोरा फर्काईदियो । सिद्धार्थका हजुबुबा गंगाधर ईशर भन्नुहुन्छ कल्पनै गर्न नसकिने बिषय थियो मेरो नातीको लागि नर्भिक अस्पताल र उपचारमा संलग्न चिकित्सकहरु भगवान भैदिए ।