अन्तराष्ट्रिय मैथिली सम्मेलनःमैथिलीलाई कामकाजको भाषा बनाउन माग


सरोज यादव, विराटनगर ।
विश्वमा सवै भन्दा प्राचिन इतिहास बोको भाषाको रुपमा रहेको मैथिली भाषालाई राज्यले कामकाजको भाषा र प्राथमिक तहको अध्ययनको भाषा बनाउनु पर्ने माग अन्तराष्ट्रिय मैथिली सम्मेलनका वक्ताहरुले जोड दिएका छन् । उनीहरु प्राचिन इतिहास र सवै भन्दा बढी लोकप्रिय भाषाको रुपमा रहेको मैथिली भाषालाई कामकाजको भाषा र प्राथमिक स्तरमा अध्ययनको भाषा बनाउनु पर्ने माग गरेको हो । मैथिली युवा पुस्ताहरुलाई प्राचिन मैथिली संस्कृति तथा संस्कृति प्रति अभिरुचि बढाउनुको साथै भ्रमण वर्ष सन २०२०लाई सफल बनाउने उदेश्यले विराटनगरमा मैथिली एसोशिएशन नेपालले आयोजना गरेको दुई दिने अन्तराष्ट्रिय मैथिली सम्मेलनका वक्ताहरुहरुले मैथिली भाषालाई सरकारी कामकाजको भाषा नबनाए सम्म मैथिली भाषाको सरक्षण हुन नसकिने बताएका हुन । सम्मेलनको उद्घटन गर्दै उपप्रधान ,कानून न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मैथिली भाषा नेपालको प्रचीन रुपमा वोलीचालीको भाषा भएको बताउनुभयो । उहाँले यस भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरेमा मात्र यसका संरक्षण हुने बताउनुभयो । उपप्रधानमन्त्री यादवले विगतमा एक भाषा एक भुषाको कारण नेपालका सवै मातृ भाषाको संरक्षणामा समस्या उत्पन्न भएको बताउनुभयो । उपप्रधानमन्त्री यादवले मिथिलाञ्चाल क्षेत्रमा मातृभाषामा शिक्षा, रोजगारी र सरकारी कामकाजको भाषाको रुपमा यसको प्रयोग गरेमा यसलाई जनस्तरमा पु¥याउन सकिने बताउनुभयो ।उहाँले मैथिली भाषालाई सरकारी कामकाजको भाषाको वनाउनलागि आफ्नो आन्दोलन जारी रहेको बताउँदै मुलुकमा दोश्रो ठूलो भाषाको रुपमा रहे पनि यसको मातृ भाषामा विद्यालय लगायत उच्च शिक्षामा अध्ययन गरेमा मात्र संरक्षण गर्न सकिने बताउनुभयो । उहाँले राज्यको एकल भाषाको नीतिले सवै भन्दा बढी मिठो र प्राचिण ईतिहास बोकेको मैथिली भाषा विस्तार हुन नसकेको बताउनुभयो । उपप्रधानमन्त्री यादवले राज्यको एकल भाषा र संस्कृति नीति विरुद्ध आन्दोलन जारी रहेको बताउँदै भन्नुभयो –‘ सवैले एक भएर अघि बढ्नु पर्ने छ ।‘ मिथिलाको साहित्य र ससकृति माथी विश्वले नै अनुसन्धान गरिरहेको बेला नेपालमा पनि कामकाजको भाषा र प्राथमिक तहमा अध्ययनको माध्यम बनाउनु पर्नेमा जोड दिनुभयो । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश मण्डलले भाषालाई सत्तासंग जोडेमा मात्र रोटी र कामकाजको रुपमा स्थापित हुने धारणा व्यक्त गर्नुभयो । भारतका पूर्व मन्त्री रामलखन रमणले नेपालका एफ एम रेडियोवाट प्रशारण हुने मैथिली भाषाको कार्यक्रमवाट यसलाई जनजनमा पु¥याउनु ठूलो सहयोग पु¥याएकोमा खुशी व्यक्त गर्दै मैथिली भाषीले आफ्नो घर परिवारमा यसको प्रयोग अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । विराटनगर उपमहानगरपालिकाका उपप्रमुख इन्दिरा काकीले मैथिली भाषा, संस्कृति, भेषभूषा र चित्रकलाको प्रवद्र्धनमा नगरपालिकाको सहयोग सदैव रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । एशोसियशनका अध्यक्ष प्रविणनारायण चौधरी,मधेशी आयोगका अध्यक्ष विजय दत्त,साहित्यकार रामभरोष कापैड, अर्थ्विद राजकिशोर , तेजलाल कर्ण र पंकज वर्माले नेपालमा दोश्रो ठूलो भाषाको रुपमा रहेको मैथिली संकटमा परेकोले यसको जर्गेनाका लागि सवैको योगदान आवश्यक रहेको बताउनुभयो । नेपाल, भारत, खाडी मुलुक, अमेरिका, मरिसशलगायतका मुलुकका तीन सय साहित्यककार, भाषाविज्ञ,कलाकारलगायतको प्रतिनिधित्व रहेको सम्मेलन सोमबार सकिएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री यादवले मैथिली उद्योगपति, साहित्यकार, चिकित्सक,कलाकार, समाजसेवीलाई ‘मैथिली रत्न’वाट सम्मानित गर्नुका साथै मैथिली क्यालेण्डर र सम्मेलन पुस्तकको विमोचन गरे ।

कार्यक्रममा सोच नेपाल,मmुमर नृत्य लगायत मैथिली भाषाका गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

सम्मेलनस्थल हाटखोलामा चित्रकला, विज्ञान प्रर्दशनी, खाद्यपरिकार, चिकित्सक सामाग्री लगायतका विभिन्न २० वटा स्टल समेत रहेका छन्

सम्मेलन हुनु अघि निकालिएको सांस्कृतिक ¥यालीलाई सम्बोधन गर्दे प्रदेश १का सामाजिक विकास मन्त्री जिवन घिमिरेले सवै मातृभाषालाई संरक्षण र सम्बद्र्धन गर्न प्रदेश सरकार कटिवद्ध रहेको बताए । उनले प्रदेश १ मा एक सय ६ वटा मातृ भाषा रहेकाले सवै मातृभाषालाई संरक्षण गर्न योजना वद्ध तरिकाले काम अघि बढाएको उनले बताए । उनले मैथिली भाषा मिठो र इतिहासिक भाषा भएकाले प्रदेश सरका सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।