बाालमैत्री विद्यालयकोे अवधारणाअनुसार अघि बढ्दै पाल्पाका गाउँपालिका


कविराज नेपाल, पाल्पा ।

पछिल्लो समयमा वालमैत्री विद्यालयको अवधारण जोडतोडले अघि आइरहेको सन्दर्भमा पाल्पा जिल्लाका दुइ गाउँ विकास समितीहरुले वालवैत्री विद्यालयको अवधारणा अनुसार आफ्ना गतिविधी अघि वढाएका छन ।

यसअघि पूर्णसंस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिसकेको जिल्लाको वगनासकाली गाउँपालिका नेपालकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्ने अन्तिम तयारीमा जुटेको छ भने यहि अभियानमा जिल्लाको रम्भा गाउपालिका पनि अघि वढेको छ ।

बालमैत्री विद्यालयका निश्चित मापदण्ड पुरा गरेको गाउँपालिकाले १३ वटा विद्यालयहरुलाई बालमैत्री घोषणा गरेको छ । गाउँपालिकाका भित्र रहेका ३७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु मध्ये ३ वटा वडाका १३ वटा विद्यालय निर्धारण गरिएका सूचकहरुको उपलब्धिको आधारमा गाउँपालिकाले एक कार्यक्रमका बीच बालमैत्री विद्यालय घोषणा गरेको हो ।

गाउँपालिका वडा नम्वर ५ भित्र रहेका दर्लमडाँडा मावि, सरस्वती आधारभूत विद्यालय, नर्थ पोइन्ट बोडिङ्ग स्कूल, वडा नम्वर ९ भित्र रहेका चन्द्र मावि, कालिका आधारभूत विद्यालय, बसन्त आधारभूत विद्यालय, बसन्त प्रावि र वडा नम्वर ६ भित्र रहेका सीता मावि, अरनिको आधारभूत विद्यालय, बालज्योति प्रावि, गुँगा मावि, कानुङ्ग प्रावि, भगवती आधारभूत विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिएको छ ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन समन्वय समिति, गाउँपालिकाका पदाधिकारी सहितको टोलीले निरीक्षण तथा अनुगमन पश्चात बालमैत्री विद्यालय घोषणा सफल भएको बालमैत्री स्थानीय शासन समितिका संयोजक एवं गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनु भयो ।

गाउँपालिकालाई बालबालिका मैत्री बनाउन विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हक अधिकार प्रदान गरी नमूना गाउँपालिका बनाउन बालमैत्री विद्यालय अभियान चलाइएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।

बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हक अधिकार प्रदान गर्न सके मात्र घोषणाले सार्थक पाउने भन्दै उनले कार्यान्वयनका लागि सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै अध्यक्ष वस्यालले आगामी चैत्र मसान्त भित्र गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने गरी आफुहरु लागेको े जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष सरस्वती चिदिले कार्यान्वय पक्ष अत्यन्तै चुनौती रहेकाले यस तर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले शिक्षक, अभिभावक,जनप्रतिनिधि,कर्मचारी र सरोकारवालाहरुको क्रियाशिलताका कारण १३ वटा विद्यालयहरु बालमैत्री घोषणा गर्न सफल भएको बताउनु भयो ।

कानुन र संविधानको कार्यन्वयन नै बालमैत्री शासनको अवधारणा रहेको स्थानीय बालमैत्री शासनका स्रोत व्यक्ति मनोज आचार्यले बताउनु भयो ।

कार्यक्रममा नेकपा मालेका जिल्ला अध्यक्ष धनराज पौड्याल, दर्लाम डाँडा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धिराम शर्मा, विद्यालयका प्रअ थम्मनसिं थापा, नर्थ पोइन्ट स्कूलका प्रअ विकास भट्टराई, बालमैत्री स्थानीय शासन बालसञ्जालकी सचिव बसन्ती राना लगायतले घरदेखि सार्वजनिक सबै क्रियाकलापमा बालमैत्री व्यबहारका लागि बालमैत्री शासनलाई संस्थागत गर्दै लैजानु पर्नेमा जोड दिएका छन ।

युनिसेफको बाल अधिकारका चार सम्बाहक बाल संरक्षण, बाल बचाउ, बाल विकास र बाल सहभागिताको संरक्षण गर्न बालमैत्री शासनको ३९ सूचकलाई पहिचान गरिएको छ ।

यही सूचकको पूर्णता नै बालमैत्री स्थानीय शासन हो । जिल्लामा यस अघि रम्भा गाउँपालिकाले पनि पाँच वटा विद्यालयहरुलाई बालमैत्री विद्यालय घोषणा गरिसकेको छ । सो गाउ पालिका पनि यही अभियानमा अघि वढेको गाउपालिका अध्यक्ष विष्णु भण्डारीको भनाइ छ ।