व्यवसायीको सहजताका लागि औषधि व्यवस्था विभागमा सहायताकक्ष


न्युज अफ नेपाल, काठमाडौँ ।

औषधि व्यवस्था विभागमा औषधि व्यवसायीहरुका माझ पर्दै आएको झण्झटमुक्त बनाउन नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखा र विभागको समन्वयमा सहायताकक्ष स्थापना गरेको छ । संघको जिल्ला शाखा काठमाडौंको स्थापना भएको सय दिन पुगेको अवसर पारेर आइतबार एक समारोहको आयोजना गरि सहायताकक्षको शुभारम्भ गरेको हो ।

सहायता कक्षको सुभारम्भ गर्दै विभागका सुचना अधिकारी सन्तोष केसीले आउँदो दिनमा कुनै पनि व्यवसायीले बिना झण्झट सेवा लिन सकून र संघ र विभागको समन्वयमा सहजता दिलाउन सकियोस भन्दै सहायताकक्षको अवलोकन गर्नुभएको थियो ।

देशका कुना कुनाबाट औषधि व्यवस्था विभागमा दर्ता या नविकरणका लागि आउने व्यवसायीहरुलाई दिनै बिताउनु पर्ने र छुट्टै गासबासको समेत व्यवस्था गरि काठमाडौं आई बस्नुपर्ने झण्झटबाट मुक्त दिलाउने र दर्ता नविकरणका लागि संघले खोलेको सहायता कक्षबाटनै सम्पूर्ण काम गरि प्रमाणपत्र सम्बन्धित व्यवासायीलाई बुझाउने उदेश्यका साथ सहायता कक्ष खोलिएको संघका अध्यक्ष बद्री प्रसाद श्रेष्ठले जानकारी गराउनुभयो ।

सहायता कक्षबाट विशेषगरि समस्यामा परेका व्यवसायीहरुलाई सहजीकरण गर्ने उदेश्यका साथ लक्ष्य अघि सारिएको शाखाका महासचिव शुभमान श्रेष्ठ बताउँसनुहुन्छ । ‘कुनै लाभका लागि नभई विशुद्ध सेवाका लागि यो कदम चालिएको हो,’ श्रेष्ठ भन्नुहुन्छ ‘यसबाट व्यवसायी तथा सेवाग्राहीलाई समेत फाइदा पुग्नेछ ।’

सोही अवसरमा महासचिव श्रेष्ठले व्यवसायी र सेवाग्राही समेतलाई लक्षित गरि आगामी ६ महिना भित्र सजिलो सफ्टवेरबम समथ वेबसाइट निर्माण गर्न लागेको जानकारी दिनुभयो । यो वेबसाइटमा सदस्य भएका या नभएका दुबै खाले व्यवसायीका साथै आमजनतालाई समेत सेवा दिने गरी सफ्टवेयर बनाउन थालेका छौ । व्यवसायीले आफ्ना तथ्यांक राख्ने र बिरामीले १० औं बर्ष देखिको डाक्टर, औषधि, रोगका बारेमा सफ्टवेयरमा राखि बिना कागजी झण्झट आवश्यक परेको बेला तत्काल फाईल खोलेर हेर्न सक्ने पनि उहाँले बताउनुभयो ।

काठमाडौ शाखा मातहतमा मात्र १ हजार ७ सय सदस्य रहेको काठमाडौं शाखाले पछिल्लो समय व्यवसायी सदस्यहरुलाई समस्या पर्दा सहयोग गर्ने उदेश्यल ५० हजारबाट अक्षयकोष स्थापना यहि एक सय दिनको उपलक्ष्य पारि गरेको छ ।

५० हजारबाट सुरु गरिएको अक्षयकोष वर्तमान कार्यसमितिको ३ वर्षे कार्यकालभित्र बनाउने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । ‘भविष्यमा कुनै व्यवसायी सदस्यले दीर्घरोग लागेर राहत नपाएको महसुस गर्नुनपरोस’ श्रेष्ठले भन्नुभयो, ‘जीवनभर संस्थालाई बनाउन लागिपरेको सदस्यलाई आफूले नसक्ने अवस्था आएपछि संस्थाले केही राहत प्रदान गर्छ ।’