सेवाग्राहीसँग २ लाख घुस लिएको आरोपमा वडाध्यक्ष र लेखनदास पक्राउ

0
Shares

न्युज अफ नेपाल, रामग्राम ।

नवलपरासीको रामग्राम नगरपालिका १८ का वडाध्यक्ष गोपाल दिस्वा मगर दूई लाख घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग नाता प्रमाणित तथा स्वास्थ्य उपचारको सिफारिस लगायतको बहानामा मगरले दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पक्राउ गरेको हो ।

टोलीले वडाध्यक्ष मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको छ । वडाध्यक्ष मगर रामग्राम नगरपालिका–१८ स्थित होली चाइल्ड स्कूल नजिकबाट र लेखनदास यादव मालपोत कार्यालय नवलपरासी (पश्चिम) जाने बाटोबाट पक्राउ परेका हुन् ।

लेखनदास यादवमार्फत सेवाग्राहीबाट घुस उठाएको अख्तियारले जनाएको छ ।