कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कांग्रेस केन्द्रीय समितिको शुक्रबार बोलाइएको बैठक स्थगित भएको छ । असन्तुष्ट पक्षबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो । सहमति नगरीकन बोलाइएको बैठकमा सहभागी नहुने बताउदै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले बैठक बहिष्कार गरेको होे ।

पौडेल पक्षसँग सहमतिका गर्नका लागि सभापति शेरबहादुर देउवाले पुस १० गतेसम्मका लागि बैठक स्थगित गरेको स्रोतले जनाएको छ ।