केएल दुगड समूहको उत्पादन ज्ञान भुजा नेपाली बजारमा

0
Shares

केएल दुगड समूहले ज्ञान ब्रान्डमा नयाँ उत्पादन ज्ञान भूजा नेपाली बजारमा ल्याएको छ। केएल दुगड समूहअन्तर्गतको विकास फ्लोर मिल प्रालिबाट उत्पादित ज्ञान भुजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जनाएको छ।

ज्ञान भुजा ४०० ग्रामको कन्जुमर प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार वोभन ड्राइड, चम्किलो सेतो र झुरुमझुरुम गर्ने एकैनासको आकारको साइजमा रहेको छ।

विकास फ्लोर मिल प्रालिले ज्ञान ब्रान्डमा चक्की आँटा, मैदा, सुजी, बेसन, लिटोलगायतका गुणस्तरीय उत्पादन नेपाल तथा विदेशमा समेत उपलब्ध गराइ आएको छ।