कारको लाइसेन्सले बस चलाएपछि प्रहरी फन्दामा

0
Shares

काठमाडौँ । साना सवारीसाधन चलाउन अनुमतिपत्र प्राप्त गरेका एक व्यक्तिले बस चलाएपछि बस र चालकलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । कार/जिप चलाउन अनुमतिपत्र प्राप्त गरेका चालकले बा४ख ९३२० नं को बस चलाएपछि जाँचका क्रममा बस र चालकलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

धनुषाबाट शैक्षिक भ्रमणमा हिँडेको प्रगति शिशु सदनको बा४ख ९३२० नं को विद्यालय बसमा ३९ जना विद्यार्थी सवार थिए । बुटवल, भैरहवा, पाल्पा, स्याङ्जा, पोखरा हुँदै गोरखाको मनकामना जान लागेको उक्त बसलाई नियन्त्रणमा लिएर अर्को बस खोजेर पठाइएको थियो । “विद्यार्थीको ज्यानै जोखिममा पारेर बस चलाउने चालकलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएका छौँ”,उहाँले भन्नुभयो, “साथै दुई हजार जरिवानासमेत गरिएको छ ।”