मेरियटले जित्यो ‘नेपाल होटल इन्डष्ट्री लिडरसीप अवार्ड-२०१९’ सहित ५ अवार्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सन् २०१९ देखि सन्चालनमा आएको काठमाडौं मेरियट होटलले नेपाल होटल इन्डष्ट्री लिडरसीप अवार्ड-२०१९ सहित पाँच वटा प्रतिष्ठित अवार्ड जितेको छ । वल्र्ड मार्केटिङ कंग्रेसले प्रदान गर्ने उक्त एवार्डलाई प्रतिष्ठित एवार्ड मानिन्छ ।

संसारको प्रख्यात मेरियटको नेपाली चेन काठमाडौं मेरियट होटलले यस्तै सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड अवार्ड, बेस्ट वार अफ द इयर अवार्ड, वेस्ट इयर भेनु अफ द इयर अवार्ड, वेस्ट होटल लन्च अफ द इयर अवार्ड समेत जितेको हो । प्रतिस्पर्धामा सहभागी ५ सय होटलमध्येबाट मेरियटले उक्त महत्वपूर्ण पाँच अवार्डहरु जितेको हो ।

एवार्ड जितेपछि काठमाडौं मेरियट होटलका महाप्रबन्धक जीन लुइस रिपोचेले भने, ‘हामी मे २०१९ मा नेपालमा सेवा सुरु गरेका हौं । हामीले केही महिनामा प्राप्त गरेको यो एवार्ड हाम्रा टीम सदस्यहरूको संयुक्त प्रयास हो । काठमाडौं मेरियट होटलको टिमलाई बधाई ।’ उनले सधैं उत्तम व्यक्तिलाई प्राथमिकता दिने, प्रशिक्षण र विकासको अवसरहरू प्रदान गरेर स्थानीय प्रतिभा बढाउँदै लैजाने उल्लेख गरे ।

महाप्रवन्धक लुइसले आफूहरु निरन्तर सेवामा सुधार गर्दै आएको उल्लेख गर्दै वित्तीय प्रदर्शनदेखि परोपकारी पहलहरू, पाहुनाहरूलाई उत्तम अनुभव गराउने, मनोरन्जन प्रदान गर्ने र नेपालको मध्य—भागमा अनुपम सेवा प्रदान गर्न सदैव तयार रहेको जनाए । जीएमले भने, ‘हामी सबै अतिथिहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । जसले हामीलाई होटलमा बेस्पोक सेवाहरू र अनुभव प्रदान गर्ने अवसर दिएका छन् ।’

काठमाडौं मेरियट २१४ कोठाको अत्याधुनिक संरचना भएको होटल हो । यो स्थानीय रचनात्मकताका साथै आधुनिक डिजाइनको संयोजनबाट बनाइएको छ । होटलमा आमन्त्रित रेष्टुरेन्टहरूको घर, होटल, भोजन गृह र अनुभवहरूमा ताजा दृष्टिकोणसहितको अनुभव संगाल्न पाइन्छ । साथै होटलमा डिंक्स तथा म्युजिक बार, फिटनेश सेन्टर, लक्जरियस कोठा, बैठक कक्षहरु समेत छन् ।
होटलले यसको स्पा, सैलुनको सुविधा पनि रहेको छ ।

विश्वभरि ६० वटा देशहरू र क्षेत्रहरूमा ५ सयभन्दा बढी होटलहरू र रिसोर्टहरूको साथ म्यारियट होटेलहरू पाहुनाहरुलाई शानदार सुविधा प्रदान गर्दै आएको छ ।