डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्नका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।

नियमित डायलासिसका लागि प्रधानमन्त्री ओलीलार्य बिहीबार अस्पताल लगिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्किने छन् ।

मिर्गौलामा समस्या देखिएपछि पछिल्लो समय प्रधानमन्त्रीको नियमित डायलासिस गर्न थालिएको छ ।