भगोडाखाली भई कैद सजाय तोकिएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक सिलवाल पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

करिव दस वर्ष अगाडि तालिमका लागि सशस्त्र प्रहरी बलबाट अमेरिका गएकाबेला उतै भागेका नायव निरीक्षक उमेश सिलवाललाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ ।

भगोडा भएको पुष्टि गर्दै सिलवाललाई सशस्त्र प्रहरी विशेष अदालतले २०७५ भदौ ३१ गते तीन वर्षको कैद सजाय सुनाएको थियो । सजाएको फैसलापछि लुकिछुपि बस्दै आएका सिलवाललाई एपीएफ टोलीले ललितपरको जाउलाखेलबाट पक्राउ गरेको हो । उनलाई आइतबार महान्यायाधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानुनी प्रकृया पुरा गरी डिल्ली बजार कारागारमा बुझाइएको प्रहरीले जनाएको छ ।

ललिपुर गोदावरी ३ घर भएका सिलवाल अमेरिकामा संचालन भएको ‘भिआईपी प्रोटेक्सन ट्रेनिङ’ मा गएको बेला तालिमपछि उतै भागेका थिए । उक्त तालिम १० वर्ष अघि २०६७ फगुन ३० देखि चैत्र १८ सम्म् चलेको थियो । तालिम समापन भएको तेस्रो दिन चैत्र २० गते नेपाल फर्कने क्रममा अमेरिकाको एयरपोर्टबाटै सिलवाल भागेका थिए ।