अस्ट्रेलियामा  शुभ मंगल

0
Shares

प्रेमकथा पस्कँदै शुभ मंगल नामक फिल्म निर्माण हुने भएको छ। अस्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरबिना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदीक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्नेछन्।

देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायणदत्त अधिकारी निर्माता रहेको फिल्मको सुटिङ नेपाल र अस्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन्।
अस्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेमसम्बन्धलगायतका विविध विषयमा निर्माण हुने फिल्म निर्देशक अधिकारीकै लेखनमा बन्नेछ। फिल्मका अन्य कलाकार तथा प्राविधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले जानकारी गराए।