महिला सशक्तीकरणका लागि सल्युट

0
Shares

चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले हालै लघु फिल्म सल्युट सार्वजनिक गरेको छ।
लघु फिल्म सल्युट करिब ३० मिनेटको छ।

ओस्कार फिल्म कलेजकी आशुका अर्याल, नेपाल फिल्म एकेडेमीकी अम्बिका भण्डारी र मेरोन राजभण्डारीले संयुक्तमा निर्देश गरेको फिल्ममा पटकथा सब्बु सुवेदीको रहेको छ भने छायांकन एभरेस्ट फिल्म एकेडेमीका संजिता लामा र प्रिया राजकर्णिकारको रहेको छ।

त्यसै गरी फिल्मको निर्देशक टिमलाई समितिकी सदस्य निर्देशक संगीता श्रेष्ठले निर्देशनमा सहयोग गरेकी छन्। एउटा परिवारको श्रीमान् र श्रीमतीबीच भएको पेसागत मनमुटावलाई लिएर बनाइएको फिल्ममा मोहन चाम्लिङ, शेसुका राई, वसन्त रिजाल, चन्द्रा थापा, ओम भण्डारी, भरत रौनियार, एञल श्रेष्ठ, सुमित्रा पाख्रिन, सन्तोष चाम्लिङलगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मका बारेमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभाकी सदस्य कोमल ओलीले फिल्मले समाजको ऐना जसरी समाजका विषय प्रस्तुत गरेको तथा परिवारभित्रै रहेको ईगो परिवारबाटै अन्त्य गर्नुपर्ने र छोरीलाई पनि छोरालाई जस्तै अगाडि बढाउन सकियो भने छोरीले जेसुकै काम पनि गर्न सक्ने चर्च गरिन्।