टुँडालदेवी मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न


नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा विशाल मिलन केन्द्र मुख्य आयोजक रही टुँडालदेवी व्यायाम मन्दिर, प्राथमिक स्वास्थ्य सेवा केन्द्र र सामुदायिक सेवा केन्द्रसमेतको सहआयोजनाद्वारा टुँडालदेवी मन्दिर प्रा·णमा विशेष रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

विशाल मिलन केन्द्र एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका सल्लाहकारसमेत रहनुभएका स्वयंसेवी रक्तदाता तथा जेष्ठ नागरिक समाजसेवी दिव्यमणि दीक्षितलाई सम्मानपत्र प्रदान गरी सार्वजनिक सम्मान गरिएको थियो।

सोही कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद सीता दाहाल र अतिथि काठमाडौं महानगरपालिका–४ का सदस्य दिनेश महर्जनद्वारा दोसल्ला ओढाउनुका साथै फूलको माला पहराई सम्मान गरिएको थियो।

जम्मा ४१ जनाले रक्तदान गर्नुभएको सो कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा केन्द्रका अध्यक्ष प्रदीप खनाल अतिथि रहनुभएको थियोे। सल्लाहकार एवं पूर्वसभापति अनिशराम भट्टराईद्वारा स्वागत गरिएको थियो।

उक्त कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण थापाले गर्नुका साथै सभापतित्व विशाल मिलन केन्द्रका सभापति हरि अधिकारीले गर्नुभएको थियो। प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्य र प्रदेश सांसद सीता दाहालद्वारा संयुक्तरूपमा कार्यक्रमका संयोजक श्यामकुमार पाण्डेलाई बधाई तथा धन्यवादपत्रसमेत प्रदान गरिएको थियो।