जमैकाकी टोनी नयाँ विश्व सुन्दरी

0
Shares

यस वर्षको विश्व सुन्दरीको ताज जमैकाकी सुन्दरी टोनी एन हिसले चुमेकी छिन्। टोनीले मिस वल्र्ड–२०१९ को उपाधि जित्दा मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी नेपाल सुन्दरी अनुष्का श्रेष्ठले भने ब्युटी विथ पर्पस अवार्ड चुमेकी छिन्।

शनिबार लन्डनमा आयोजित कार्यक्रममा २३ वर्षीया टोनीलाई गतवर्षकी विश्व सुन्दरी मेक्सिकोकी भनेसा पोन्सले विश्व सुन्दरीको क्राउन हस्तान्तरण गरिन्। समारोहमा फ्रान्सकी ओफेली मेजिनो फस्ट र भारतकी सुमन राव सेकेन्ड रनर्सअप भए।

जमैका मोरान्टाकी टोनीले फ्लोरिडा स्टेट युनिभर्सिटीबाट मनोविज्ञान र महिला अध्ययनमा स्नातक गरेकी छिन्। यसभन्दा अघि जमैकाले सन् १९६३, १९७६ र १९९३ मा विश्व सन्दरीको ताज जितेको थियो।

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/pxqeCWinkq8