न्युज अफ नेपाल, सिन्धुपाल्चोक ।
दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको सुनकोशी ७ स्थित पाँच किलो मोडमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा मृत्यु हुने ६ जनाको सनाखत भएको छ। सिन्धुपालचोक जुगल गाउँपालिका.७ का अन्दाजी २७ वर्षका सुक बहादुर तामाङ र सोही गाउँपालिकाका ७ वर्षीय सबिना तामाङको मृत्यु भएको छ भने दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ र सोही नगरपालिका.९ वर्ष २८ की मञ्जु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, रामेछापको उमाकुण्ड गाउँपालिका.५ अन्दाजी २८ मेहेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका.८ का वर्ष ३२ का चिनु बस्नेतको मृत्यु भएको हो।
घाइते मध्ये सिन्दु सदाबहार अस्पतालमा एक जना, धुलिखेल अस्पतालमा दुई जना, हेम्स अस्पतालमा ६, काठमाडौं मेडिकल कलेजमा १ जना र ७ घाइतेको हेम्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस् :
कालिञ्चाेकबाट भक्तपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना,१३ जनाको घटनास्थलमै मृत्यु
https://www.youtube.com/watch?v=nrDDHjN9p24











प्रतिक्रिया