नानीराम नेपाल, सिन्धुपाल्चोक ।
दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा चौध जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु भएका मध्ये पाँच जनाको सनाखत भएको छ ।
दुर्घटनामा सिन्धुपल्चोक जुगल गाउँपलिका ७ का शुकबहादुरतामाङ, सोही ठाउँकी ७ बर्षीया सबिना तामाङ, दोलखा भिमेश्वर नपा ९ कि जुनुमायाँ तामाङ, सोही ठाउँकी मन्जु तामाङ र रामेछाप उमाकुन्ड गापा ५ का महेश तामाङको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख माधब काफ्लेले बताउनुभयो ।
बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको सुनकोशी-७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको थियो भने एकको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको हो । बस चालक भने फरार रहेका छन् ।
चालकको लापरबाहीले बस दुर्घटना भएको सिन्धुपाल्चोकका ट्राफिक प्रमुख राजेश दाहालले बताउनु भयो ।
यो पनि पढ्नुहोस् :
कालिञ्चाेकबाट भक्तपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना,१३ जनाको घटनास्थलमै मृत्यु











प्रतिक्रिया