नेपाल नर्सिङ संघको निर्वाचन पुष ९ मा



भगवती तिमल्सिना, काठमाडौँ । 

नेपाल नर्सिङ संघको १९ औं कार्य समितिको निर्वाचन आउँदो पुष ९ गते हुदैछ । नेपालमा बिक्रम संवत २०१८ सालमा स्थापना भएको संघले ५७ बर्षको दौरानमा मानव सेवामा समर्पित नर्सिङ पेशामा आबद्ध नर्सहरुको हकहित, स्तारोन्तनी, उच्च शिक्षा, कार्यस्थल सुरक्षाका साथै बिरामीको सेवामा सहजताका लागि भूमिका खेल्दै आएको संस्था हो ।

हाल सम्म ९० हजार भन्दा बढी नर्सहरु दर्ता रहेको संघमा संविधान अनुसरा मुलुक संघीयतामा गएपछि १४ जनाको केन्द्रीय समिति र ७ जना प्रदेश अध्यक्ष रहने प्रावधान रहेको बुधबार काठमाडौको बागबजारमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका बर्तमान उपाधयक्ष अप्सरा पाण्डेले जानकारी गराउनुभयो ।

१९ औं कार्य समिति निर्वाचनका लागि प्रा.मन कुमारी राईको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष रमेश सुब्बा, उपाध्यक्ष मिना बानिया, महासचिव नर्वदा थापा, सचिव प्रमिला थकाली, कोषाध्यक्ष कल्पना श्रेष्ठले उमेदवारी घोषणा गरेका थिए ।

त्यसैगरी सदस्यहरुमा खुल्लातर्फ बिजया अधिकारी, जनजाति हरि प्रसाद कोजू, आदिवासी सोनु शेर्पा, दलित सपना बि.क, मधेशी अन्जु कुमारी महतो, मुस्लीम कोहिनुर फारुकीका साथ अनमी अम्बिका पौडेल र अनमि सीता केसीले पत्रकार सम्मेलनमा आफ्नो उमेदवारी सार्वजनिक गरेका थिए ।

१९ औं केन्द्रिय कार्यसमितिको निर्वाचनमा मनकुमारी प्यानले १९ बुद्धाको घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रको पहिलो बुद्धामा बर्तमान संघीय संरचना अनुप नर्सिङ सेवालार्य स्तरीय सेवाग्राही मैत्री बनाउँदै लाने र यसको कार्य दायरालार्य फराकिलो पार्दै सातवटै प्रदेशमा प्रादेशिक नर्सिङ संघ, ७७ वटै ल्लिामा जिल्ला नर्सिङ समिति लगायत स्थानिय तहमा इकाई समिति गठन गरी व्यापक रुपमा नागरिकको नैसर्गीक अधिकार स्तरीय सुरक्षित स्वास्थ्य सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित बनाउन पहल गर्ने उल्लेख गरिएको छ ।

घोषणा पत्रमा सेवा सुविधाका साथै जनसंख्याका आधारमा आवश्यकता अनुसारको थप नर्सको दरबन्दी, गुणस्तरिय सेवा, मर्यादा र सर्वसुलभ बनाउन सरकार, नर्सिङ परिषद, विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नर्सिङ परिषद्सँग समन्वय गर्ने, अवकास प्राप्त नर्सहरुको अनुभवको कदर गरि सृजनात्मक कार्यमा सकृय बनाउने । शिक्षा, नर्सहरुको दायरा फराकिलो पार्ने, सरकारी र नीजि क्षेत्रको विभेद हटाउन पहल गर्ने । स्कुल हेल नर्सलाई देशभरी पुर्याउन पहल गर्नुका साथै ओद्योगिक क्षेत्रमा नर्सको पहल गर्ने लगायत संघको बिद्यान समय सापेक्ष सम्सोधन गर्ने सम्मका एजेण्डा अघि सारेका छन् ।

त्यसैगरी चिकित्सा शिक्षा आयोगमा रहन ४ वटा कार्यकारी निर्देशकको पदमा चिकित्सकहरुबाट मात्र प्रतिनिधित्व गर्ने गरिएकोमा नर्सिङ सेवावाट पनि अनिवार्य प्रतिनिधित्व हुने गरि पहल गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु प्रा.सरला केसी, सानु तुलाधर संघले गर्ने हरेक काम विधान र संविधानले तोके बमोजिम गर्ने नै हो । नर्सहरुको राजनीति भनेको बिरामीको हित र पेशागत बिकासका लागि हुनुपर्छ भन्नुभयो । तुलाधरका अनुसार अबको समय घरमा जेष्ठ तथा अशक्त नागरिक मात्र बसोबास गर्ने हुनाले उहाँहरुको सेवाका लागि सरकारले घर घरमा नर्स खटाउने वातावरण बनाएर बिरामीको सेवा र नर्सको पेशा दुबैलाई मर्यादित बनाउन माग अघि सार्ने योजना हुनुपर्छ भन्नुभयो ।

कृष्ण केसीले स्वयमसेवी नर्स राख्न नपाउने परिपत्र सरकारले जारी गरिसक्दा पनि नीजी क्षेत्रका कतिपय स्वास्थ्य संस्थामा न्यूनतम पारिश्रमिक पनि नदिएको अवस्था रहेको बताउनुभयो । उहाँले सरकारका मातहतमा १४ हाज र नीजि क्षेत्रबाट संचालित स्वास्थ्य संस्थामा ५५ हजार नर्स कार्यरत रहेका र अन्य २५ हजार नर्स कहाँ गए खोजीको बिषय बनेको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्