पुरुष फुटबलः बंगलादेशविरुद्ध नेपालको एक गोल


न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं साग पुरुष फुटबलमा नेपालले फाइनल प्रवेशका लागि भएको खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो गोल गरेको छ । खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले आकर्षक गोल गरेका हुन् ।

खेल आइतबार साँझ ५ बजे दशरथ रंगशालामा सुरु भएको हो । शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोलले हराएको थियो ।

शनिबार नै भएको अर्को खेलमा भुटानले श्रीलंकालाई ३–० गोलले हराएउँदै फाइनल प्रवेश गरिसकेको छ । भुटान साग फुटबलमा पहिलो पटक फाइनलमा पुगेको हो। भुटानले चार खेलबाट नौ अंक बनाएको छ।

दोस्रो स्थानमा रहेको नेपालको तीन खेलबाट सात अंक पुगेको छ। तेस्रो स्थानमा रहेको बंगलादेशको चार अंक छ। दुई दुई अंक बनाएका माल्दिभ्स र श्रीलंका बाहिरिएका छन्।

राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलमा शीर्ष दुई टोली फाइनल पुग्नेछन्। लिग चरणमा तेस्रो हुने टोलीलाई सोझै कांस्य पदक प्रदान गरिनेछ।