कोहलपुरमा विद्यार्थी आन्दोलन चर्कियो, प्रहरीद्वारा हवाई फायर


न्युज अफ नेपाल, बाँके ।

ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि कोहलपुरमा विद्यार्थीको प्रदर्शन चर्किएको छ।

कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ठक्कर दिने ट्रकसमेत विद्यार्थीहरुले जलाएका छन्। प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएपछि स्थिती थप तनावग्रस्त बनेको छ ।

प्रहरीले हवाई फायर गरिरहेको छ भने विद्यार्थीहरुले ढुंगामुडा गरिरहेका छन्। अहिले ठुलो संख्यामा विद्यार्थीहरु सडकमा उत्रिएका । कोहलपुरका डीएसपी शिबबहादुर सिंहले प्रहरीहरु पनि घाइते भएको र भीडलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताएका छन् ।