‘सबै जुटौ, कोहि नछुटौं’


सञ्जय कार्की, रौतहट ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आईतबार रौतहट भएर चल्ने सवारी साधनमा लैंगिक हिंसा अन्त्यका लागि ‘सबै जुटौ, कोहि नछुटौं’ भन्ने मुल नारा लेखिएको स्टीकर टांस्न शुरु गरिएको छ ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेबा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीले एक कार्यक्रमका बीच चन्द्रनिगाहपुरमा सबारी साधनको अघि र भित्र सो स्टीकर टाँस गर्नु भएको हो ।

सो अभियानको शुरुवात गर्दै उहाले कुनै पनि प्रकारको हिसाले समाजमा फाईदा नपुग्ने भएकाले आजै बाट सबैले आ–आफनो तह र तप्का बाट हिसा अन्त्यको लागि लाग्नु पर्नुे बताउनु भयो । यस बर्ष लैगिक हिसा बिरुद्धको १६ दिने अभियानको मुल नारा समानताको पुस्ता बलत्कार बिरुद्धको ऐक्यबद्धता रहेको छ ।

सबारी साधनमा समेत महिला माथि दुब्र्यबहार, बलत्कार, हिसाका घटना हुने गरेकाले लामो तथा छोटो दुरीमा चल्ने सबारी साधनमा स्टीकर टासेर न्युनिकरणको थालनी गरिएको उहाले बताउनु भयो । सो अभियानमा महिलाअधिकार कर्मी, संचारकर्मी, सबारी साधनका चालक, बुध्दिजीबि लगायतको उपश्थिती रहेको थियो ।

उता अभियान चलेकै बेला बलत्कार गरेको आरोपमा हेल्थपोष्ट का इन्चार्ज तथा दात बिशेषज्ञ यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ बर्षिय सुधिर कुमार सिंहलाई लाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गौरमा दांतको उपचार गर्ने निजी क्लिनिक समेत रहेको छ । चितवन घर भई गएको मंसिर १८ गते गौर घुम्न आएकी ३० बर्षिया एक महिला घर फर्कने क्रममा बसपार्क पुरयाईदिने बहानामा आफु कार्यरत रहेको सरुअठा हेल्थ पोस्टमा पुरयाई रातभर बन्धक बनाएर बलत्कार गरेको आरोप छ ।