भोली फर्कदै पुर्वराजा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

एकसाता अघि पश्चिमाञ्चल भ्रमणमा निस्कनुभएका पुर्वराजा ज्ञानेन्द्र शाह भोली आइतबार काठमाडौं फर्किने हुनुभएको छ । भैरहवाको टाइगर होटलमा बस्दै आउनुभएका उहाले पश्चिमका सैनामैना स्थित बोलबम महादेव,मर्चभार, परासीस्थित पाली माइ,जलेश्वर महादेव लगायत विभिन्न मठमन्दीर, शिवालयमा पुजाअर्चना गर्नुभएको थियो ।

उहाले शुक्रबार पश्चिमाञ्चल औद्योगीक मेलाको समेत अवलोकन गर्नुभएको थियो । काठमाडौ फर्केलगत्तै उहा पुनः पुर्वाञ्चल भ्रमणमा निस्कने कार्यक्रम रहेको स्रोतले जनाएको छ । उहा साझ ५ बजेको बुद्ध एयरबाट काठमाडौ आउने कार्यक्रम रहेको छ ।