एक-दुई दिनमै शिक्षा नीति सार्वजनिक हुँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक महिना सार्वजनिक भएको भनिएको शिक्षा नीति बल्ल सार्वजनिक गर्ने तयारी गरेको छ ।

मन्त्री परिषदको बैठकबाट गएको कातिक १८ गते पारित भएको नीतिलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले २१ गते नीतिको केही बुदा सार्वजनिक गर्नुभएको थियो । त्यहीबेला पारित भएको भनिएको नीति सार्वजनिक गर्न नसकेपछि मन्त्री पोखरेलको चर्को आलोचना हुदै आएको थियो ।

मन्त्री पोखरेलले शुद्धाशुद्धि मिलाउनुपर्ने भन्दै मन्त्री पोखरेलले अबको केही दिनमै सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । स्रोतका अनुसार बिहीबार मन्त्रीको हातमा परेको नीति सम्भवतः एक–दुई दिनभित्र समर्वजनिक गर्ने तयारी मन्त्रालयले गरेको छ । मन्त्री पोखरेलले पत्रकार सम्मेलन गरी नीति सार्वजनिक गर्नुुहुने भएको मन्त्रालयस्रोतले जनाएको छ । मन्त्रीको हातमा परेको सो नीति अहिले गोप्य रुपमै राखिएको छ ।