साग पुरुष फुटबल : माल्दिभ्सविरुद्ध नेपालको दोस्रो गोल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलको पहिलो हाफमा माल्दिभ्ससँग बराबरी खेलेको नेपालले दोस्रो हाफ सुरु भएसँगै अग्रता लिएको छ ।

खेल सुरु भएको ५२ औं मिनेटमा नेपालले पाएको कर्नर किक गोलमा परिणत भएको छ । नेपलका लागि सुनिल बलले प्रहार गरेको कर्नर किकलाई अनन्त तामाङले हेडमार्फत् गोल गरेका छन् ।

यसअघि नेपाल र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका थिए । खेल सुरु भएको १९औँ मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले गोल गर्दै अग्रता लिएका थिए । यस्तै नेपालको तर्फबाट ४३औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै खेल बराबरीमा लगेका थिए ।

तामाङको हेड गोलसँगै नेपालले अग्रता लिएको छ ।