बुबा आमाको खुर्पा प्रहार गरि हत्या गर्ने छोरा पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल ।

सुन्दा पनि अचम लाग्ने घटना रुपन्देहीमा भएको छ । छोरा जन्माएर भविस्यमा राम्रोसंग लालन पालन गर्ला भन्दात आफ्नै बुबा र आमालाई खुर्पाले हानी हत्या गरेको घटना सार्वजनिक भएको छ ।

बुबा र आमालाइ हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले छोरालाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीले आफ्नै बुवा र आमालाई हत्या गरेको अभियोगमा जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्वर ४ बालापुर निवासी २८ बर्षिय गोरख यादवलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार छोरा गोरखले घरमा बसिरहेको अवस्थामा ७२ वर्षिय बुवा रामनारायण यादव र ७० वर्षिय आमा ठगना यादवलाई खुर्पा प्रहार गरेर हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । बुवा आमाको हत्या संगै गोरखले आफ्नै दाजु ५२ वर्षिय जोगिन्द्र यादवलाई पनि खुर्पा प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुर्पा प्रहारबाट बायाँ हातमा चोट लागेका दाजु जोगिन्द्रको भैरहवास्थित युसिएमएस मेडिकल कलेजमा उपचार भइरहेको छ ।

हत्याको अभियोगमा पक्राउ परेका गोरखले पहिले बावुको हत्या गरेपछि आमाको हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुर्पा प्रहारबाट बुवाको घटनास्थलमै र आमाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । बुवाको हत्या पछि आमामाथि खुर्पा प्रहार गर्दै ग र्दा आमालाई जोगाउन अघि सरेका दाजु जोगिन्द्रमाथि पनि गोरखले खुर्पा प्रहार गर्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।

बुवा, आमा र दाजु माथि खुर्पा प्रहार गर्ने यादवलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकहरुको शव पोस्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको ।

बुवा, आमाको हत्या गर्ने र दाजु माथि खुर्पा प्रहार गर्ने यादवको मानसिक सन्तुलन बिग्रिएको र औषधि सेवन गर्दैआएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरी प्रवक्ता खत्रीले बताउनु भयो ।