सावित्राको कीर्तिमानी गोल


विजय नेपाली, पोखरा
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालकी फरवार्ड सावित्रा भण्डारी (साम्वा) ले ह्याट्रिक गर्दै गोलमा नयाँ कीर्तिमान कायम गरेकी छन्।

ह्याट्रिक गरेसँगै सावित्राको अन्तर्राष्ट्रिय गोलसंख्या ३९ पुगेको छ। यसअघि उनका नाममा ३६ गोल थियो। जुन पूर्व कप्तान अनु लामाको नाममा रहेको कीर्तिमानको बराबरी थियो। बिहिबारभएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा समेत प्रवेश गरेको छ। नेपालले फाइनलमा भारतसँग खेल्दैछ।

पोखरा रंगशालामा रहेको फुटबल मैदानमा घरेलु दर्शकको साथ पाएको नेपाली टिमको लागि खेलको १८औं मिनेटमा गोल गर्दै साम्वाले कीर्तिमान आफ्नो नाममा राखेकी हुन्। त्यस्तै खेलको २२आंै मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरिन्। साम्वाले नेपालको जित सुनिश्चित गर्ने क्रममा खेलको अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरिन्। जुन १३औं सागमा पहिलो ह्याट्रिकसमेत हो।

‘शुक्र लामा दाईले काठमाण्डौंसम्म ल्याउने वातावरण बनाइदिनुभयो। म फुटबलको लागि नै काठमाण्डौँ आएको हुँ।’ – भण्डारीले बताईन। घलेगाउँमा महिला फुटबल हुनु नै मेरो लागि टर्निङपोइन्ट थियो जसले गर्दा इतिहास बनाउन सकेँ।’

२०७१ सालदेखि मात्र प्रतियोगिता खेल्न शुरु गरेकी साम्वाले थोरै समयमा नै महिला फुटबलमा लोकप्रियता मात्र होइन नेपाली महिला फुटबललाई उचाईमा पुर्याएकी छन्। मेरो बाल्यकालमा केटी साथी थिएनन् म भन्दा सानो बच्चाहरूलाई लिएर खेल्न जाँन्थे।

मेरो दैनिकी थियो, घाँस काट्न जान पथ्र्यो आउँदा ५ वजि सकेको हुन्थ्यो समय निकालेर जान्थे खेल्न। नमिलेको खण्डमा मोजाको बल खेल्थे सुटिङ पावर बढाउथँे –मलाई थाहा थिएन प्रोफेसनल रूपमा कसरी जान्छ भनेर एपिएफमा ट्रेनिङ गर्न जाँदा प्लाष्टिकको झोलामा बुट बोकेर जान्थे साम्वाले भनिन्। फुटबल खेल्दा सिनियर दाइहरूको ठुलो जुत्ता लगाएर खेल खेल्ने गरेको उनले सुनाईन।