श्रमदान हराएकै हो त ?



दान दिने चलन हराउँदो छ। अन्नदान, मुठीदान, गाईदान, श्रमदान, रक्तदानभन्दा आजकालका मानिसहरू बिच्किए जस्ता लाग्छन्। अधिकांशमा दानको भावना स्खलित छ। कतिपय दान पुण्यमा आधारित छ भने कतिपय दान सामाजिक उत्तरदायित्व, अपनत्व र जिम्मेवारसँग सम्बन्धित छ।

यो नेपाली समाज परोपकारी समाज थियो भन्ने गज्जबको उदाहरण इतिहास बन्ने खतरामा छ।
अरू दानहरूको कुरा छोडेर श्रमदानको कुरा गरौं। आजको समयमा जनश्रमदानको अभ्यास करिब–करिब हराइसकेको छ।

शहरमा अलि पहिलेदेखि हराए पनि गाउँघरमा धेरै पछिसम्म रहेको श्रमदान संस्कृति अहिले अभ्यासमा दुर्लभ छ। सरकारी नियमअनुसार, हरेक योजना, आयोजना र कार्यक्रमहरूमा श्रमदान र स्थानीयको अपनत्वका लागि अनिवार्य सर्त छ। तर त्यो कागजको पानामा सीमित हुँदै छ।

स्थलगतरूपमा श्रमदान गरेको कम देखिन्छ। सरकारी कागजमा श्रमदान नगरेको कुनै योजना र पाना बाँकी भेटिन्न। हाम्रो विगतको स्थानीयको अपनत्व र जिम्मेवारको बोध गराउने श्रमदानको संस्कृति कति विचलनको अवस्था छ ?

के साँच्चिकै अब जनश्रमदानको संस्कृतिमा नागरिकले अपनत्व र जिम्मेवारीबोध गर्न छोडेका हुन् त ? धेरै सोचनीय र सचेत हुने, गम्भीर समीक्षा र छलफल गर्नुपर्ने अवस्थामा छ।

त्यसैले यस्तो परम्परा कायम गर्नका लागि श्रमदान गर्ने जस्तो कार्यलाई कायम राख्न अत्यन्तै जरुरी छ। त्यसैले सबैले श्रमदान गरौं।

– नविना लुइँटेल,
बसुन्धरा, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्