सुनको मूल्य घट्यो !



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुन तोलामा १ रुपैयाँले घटेर ७१ हजार ६ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी तोलाको ८५५ रुपैयाँ कायम गरिएको छ।
शुक्रबार चाँदी ८६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्