३५ दिन भित्र अन्र्तराष्ट्रिय अदालतमा नगए सिमा मिचेको बिषय जटिल बन्छ: बिजुक्छे


भक्तपुर ,(नेस) ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३५ दिन भित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सिमाको बिषय जटिल बन्ने बताउनु भएको छ ।

रफत संचार क्लबमा आयोजित कार्यक्रममा उहाँले सरकारले भारतले मिचेको सिमाका बिषयमा सरकारले सिमा अतिक्रमणका बारे अन्तरराष्ट्रिय अदालत र सुंयक्त राष्ट्रसंघमा बेलैमा यो मुद्धालाई लैजान नसकेको भन्दै ३५ दिन भित्र सरकारले यो बिषय उक्त स्थानमा लानु पर्नेमा जोड दिनु भयो ।

उहाँले भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर आफ्नो बनाउनु र यस बिषयमा नेपाल सरकारले कुनै ठोस पहल तर्फ लाग्न नसक्नु कमजोरी भएको र यसले सरकार भारतसँग कुनै न कुनै वाहानमा झुकेको आरोप लगाउनु भायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मन्त्रिमण्डल पुनर्गठनको विषयमा बोल्दै अध्यक्ष बिजुक्छेले सरकारले हाल भएका मन्त्रीलाई किन हटायो र नयाँ मन्त्री किन ल्यायो भन्ने कुनै ठोस बिषय जानकारी दिन नसक्नु सरकारको असक्षमता भएको बताउनुभयो ।

तीन तहको सरकारले झनै जटिलता निम्त्याएको बताउँदै सिंहदरबारको अधिकार गाउँगाउँमा सम्म पुगेको भन्नु नै जनतलाई भ्रममा पार्नु हो भन्दै यस बारे शिर्ष नेताहरुले समेत बुझ्न नसकेको उहाँले बताउनु भयो । अधिकार नभएर सिंहदरवारको भ्रष्टाचार भने गाउँ गाउँ सम्म पुगेको उहाँको दावी थियो ।

नेपालको कुटनीतिक पक्ष सदैब कमजोर रहेको भन्दै बिजुक्छेले कुटनैतिक असफलताकै कारण वैदेशिक हस्तक्षेप तीब्र बन्दै गएको र यसका बारे हालसम्म बनेका हरेक सकारको कम्जोरी रहेको उल्लेख गर्नुभयो ।

सरकारको काम गर्ने शैलीमा जती बर्ष भए पनि कुनै फरक नपरेको भन्दै वर्तमान सरकार झन्डै दुइ बर्षको काम भनेको जनता झुक्काउने मात्र भएकाले र ठोस उपलब्धि हासिल गर्न नसकेको उहाँले बताउनु भयो ।

उहाँले सरकारको अदुरदर्शी सोचकै कारण प्रदेश सरकार र स्थानीय सरकारले काम गर्न नसेको बताउनुभयो । चीनले नेपालको सिमा मिचेको बिषय बोल्दै उहाँले चीनले सिमा नमिचेका दावी समेत गर्नुभयो । चीनले सिमा मिचेको बिषयले हल्ला मात्र भएको बताउँदै असल छिमेकीको भूमिका खेलिरहेको चिनसँगको कुटनीतिक सम्बन्ध बिस्तारमा सरकार अझै चुकेको उहाँको भनाई छ ।