यौनशोषणको आरोप लागेका अनु मलिक ‘इन्डियन आइडल’ नफर्कने


एजेन्सी, संगीतकार अनु मलिक टेलिभिजनको लोकप्रिय रियालीटी शो ‘इन्डियन आइडल’ को सीजन ११ मा नर्फकने बताइएको छ ।

भारतका केही सञ्चार माध्यमहरुले उनी ३ हप्ताको छुट्टीमा रहेको र तीन हप्तापछि शोमा फर्किने समाचार प्रकाशित गरेका थिए ।

उनीमाथि लागेको यौन शोषण गरेको आरोपका कारण शोबाट निकालिएको थियो ।

बिहीबार गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो । आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो ।

आयोगले सोनी इन्टरटेनमेन्ट टेलिभिजनका अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै मलिकलाई शोबाट निकाल्न आग्रह गरेको थियो ।

दैनिक भास्करका अनुसार अब अनु मलिक उक्त शोमा फर्किने छैनन् । सोनी टेलिभिजनले अनु मलिक शोमा नफर्किने जानकारी दिएको उल्लेख गरिएको छ ।