भगवान सम्झेर घुस खान्नँ : राज्यमन्त्री दुगड


न्युज अफ नेपाल, काठमाडौं ।

उद्योग राज्यमन्त्रीको पदभार गर्न पुगेका मोती दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको माया र सद्भावले आफू राज्यमन्त्री बन्ने अवसर पाएको बताएका छन् ।

बिहीबार पदभार ग्रहण गर्दै उनले भने ‘प्रधानमन्त्रीको माया र सद्भाव र पार्टीको विश्वासले यहाँ आएँ । लेखराज मन्त्रीज्यूसंग ट्युनिङ मिल्छ भन्ने विश्वास छ । राजनीतिभन्दा अलग ठाउँबाट आए पनि केही गरेर देखाउँछु ।’ उद्योगीसमेत रहेका दुगडले आफू राज्यमन्त्री नियुक्त भएलगत्तै व्यवसायी उत्साहित भएको पनि बताए ।

उनले भगवान साक्षी राखेर घुस नखाने पनि प्रतिवद्धता व्यक्त गरे । उद्योगीको मनोबल खस्किएकाले सुधार गर्ने बेला आएको राज्यमन्त्री दुगडले बताए ।

‘मलाई सबै कुरा पुगेको छ यहाँ आएर केही पाउनु छैन । कर्मचारीले साथ दिनुस् । उद्योगीलाई रेड कार्पेट ओच्छ्याउने वातावरण बनाउँछौं’ उनले भने ।