पटके चोर पक्राउ


काठमाडौं, (नेस)।

काठमाडौं महानगरपालिका–३ तिलिङेटारस्थित रोयल कम्प्लेक्स सिर्जन सर्टिङ एन्ड सुटिङ टेलरिङ सेन्टरमा चोरी भएको घटनामा संलग्न रही फरार रहेका काठमाडौं महानगरपालिका–३ तिलिङेटार खाँडीपाखा बस्ने बाजुरा गौमुल गाउँपालिका–२ दहकोट घर भएका दिनेश विकलाई प्रहरीले पक्राउ गरेको छ।

उक्त सेन्टरमा गत सोमबार चोरी भएको घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ तिलिङेटारस्थित पर्वत गुल्मी, पोखरा एन्ड दाङ गेस्ट हाउसको कोठा नम्बर ३०६ बाट उनलाई पक्राउ गरेको हो।

प्रहरीले विकको साथबाट नगद २५ हजार रुपियाँ, साउदी रियाल १ दरका १ सय २६ थान, पाइन्ट १७ थान, कोट १६ थान, विभिन्न खालको सर्ट ३६ थान, जिन्सको ज्याकेट १ थान, स्टकोट ३ थान, माबाइल १ थान, मोबाइल प्याड १ थान, सिमकार्ड ३ थानलगायत करिब २ लाख ५० हजार रुपियाँ मूल्य बराबरको धनमालसमेत बरामद गरेको छ।