हेराल्ड कलेजको पहिलो दीक्षान्त समारोह सम्पन्न


नेपाल समाचारपत्र, काठमाडौं।

हेराल्ड कलेज काठमाडौंको पहिलो दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ। दीक्षान्त समारोहमा बीएससी अनर्स कम्प्युटर साइन्स कोर्ष पूरा गरेका ६७ जना विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभयो।

सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरू गरेको हेराल्ड कलेज विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्ये उत्कृष्ठ मानिन्छ। दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि सहकुलपति टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताउनुभयो।

हेराल्ड कलेज काठमाडौंले चार वर्षे ब्याचलर अफ इन्टरनेसल विजनेस म्योजमेन्ट र तीन वर्षे बीएससी अनर्स कम्प्युटर साइन्स कक्षा सञ्चालन गरिरहेको छ।दीक्षान्त समारोहमा बोल्दैे विश्वविद्यालयका अन्तरदेशीय शिक्षा प्रमुख डा क्रिस्टोफर डेनेटले दीक्षित विद्यार्थीलाई शुभकामना दिँदै यो कलेजमा पढ्ने विद्यार्थीले विश्वको कुनैपनि देशको शिक्षामा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो।

आइएनजी ग्रुपले सञ्चालन गरेको हेराल्ड कलेज काठमाडौंको बारेमा जानकारी दिँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राख्नुभयो।’ उहाले उच्च शिक्षा अध्ययनको क्रममा विदेश गएपछि आफ्नै देशमा आएर श्रम गर्न आग्रह गर्नुभयो। भन्नुभयो– ‘तपाईंहरू विदेश जानुस तर उच्च शिक्षा हासिल गरेपछि नेपाल फर्कनुस।’

‘पहिलो दीक्षान्त सम्पन्न गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ, त्यतिनै खुसी विद्यार्थीले थप प्रगति गरोस भन्ने लागेको छ’ –बधाइ दिने क्रममा उहाले भन्नुभयो। अध्यक्ष बुढाथोकीले बेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेको धारणासमेत व्यक्त गर्नुभयो।

कार्यक्रममा हेराल्ड कलेज काठमाडौंका प्रमुख कार्यकारी अधिकृत (सीईयो) प्रकाश श्रेष्ठले आफ्नो धारणा राख्नुभएको थियो। अध्यक्ष बुढाथोकीले आईएनजी ग्रुपअन्तर्गत सञ्चालित पाँच वटा कलेजले करिब ५सय युवालाई रोजगारी दिएको जानकारी दिनुभयो।

उहाँले सन् २०२५ भित्र करिब १० हजारलाई रोजगारी दिने घोषणा गर्नुभयो। ती संस्थामा अध्ययनरत मध्ये करिब ४ हजारले ग्रयाजुएट हासिल गरेको र ४ हजारको संख्यामा पूर्वविद्यार्थीको एल्मुनाई संगठित रहेको छ।