सवारीसाधनको भाडा घट्यो


पर्वत, (नेस)।

पर्वतको मोदी गाउँपालिकाअन्तर्गतका ग्रामीण सडकहरूमा सवारी साधनको भाडादर घटाइएको छ। मोदी गाउँपालिकामा सोमबार भएको सरोकारवालाको बैठकले ग्रामीण सडक सुधार भएका कारण पुरानो भाडादरलाई पुनरावलोकन गर्दै घटाइएको हो।

मोदी गाउँपालिकाभित्रका मुख्य ग्रामीण सडकहरू पातीचौर–बाजुङ–क्याङ, पातीचौर–देउपुर–देउराली, डिमुवा–रात्माटा–राम्जा देउराली, रतिखोला–चित्रेलगायतका सडकमा भाडा घटाइएको छ। सबै सडकमा १५ देखि २० प्रतिशतसम्म भाडा घटाइएको मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिनाले बताउनुभयो।

‘सबै सरोकारवालाको सहभागितामा नयाँ भाडादर कायम गर्ने निर्णय भएको हो’, उहाँले भन्नुभयो– ‘नयाँ भाडादर सोमबारदेखि नै सबै सडकमा लागू गर्ने सहमति भएको छ।’