नेकपाका दशवटै स्थानीय तहको शपथ सकियो


हेटौंडा, (नेस)।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको दशवटै स्थानीय तहको शपथग्रहण सकिएको छ। हेटौंडा उपमहानगर कमिटीको शपथग्रहणसँगै जिल्लाका दशवटै स्थानीय तहको शपथग्रहण सकिएको हो।

यसअघि नौवटा स्थानीय तहको शपथग्रहण सकिए पनि जिल्लाको सबभन्दा ठूलो स्थानीय तहको शपथग्रहणमा केही ढिलाइ भए पनि एक सय एक सदस्यीय नगर कमिटी गठन गरेर बुधबार शपथग्रहण गरिएको नेकपा मकवानपुर कार्यालय टिम सदस्य एकालाल श्रेष्ठले जानकारी दिनुभयो।

नेकपा हेटौंडा उपमहानगर कमिटी अध्यक्षदेखि सदस्यलाई नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेले शपथग्रहण गराउनुभएको थियो। तत्कालीन नेकपा एमाले र माओवादी एक भएपछि शपथग्रहण गराइएको हो।