एक करोड राजस्व संकलन


रसुवा, (नेस)।

लाङटाङ राष्ट्रिय निकुञ्जले कात्तिक महिनामा एक करोड १८ लाख ६३ हजार ८५ रुपियाँ ८४ पैसा राजस्व सङकलन गरेको छ। कात्तिक महिनाको अन्तिमसम्म सो रकम उठाएको हो।
आन्तरिक पर्यटक, सार्कराष्ट्र तथा विदेशी पर्यटक र वन पैदावर (दाउरा), बालुवा, ढुङ्गा गिटी, पर्यापर्यटन र दण्ड सजाय रकमसहित गरी सो राजस्व उठेको निकुञ्जका प्राविधिक रेन्जर रमेश बस्नेतले जानकारी दिनुभयो।

रेन्जर बस्नेतका अनुसार कात्तिक महिनामा ९ पटक स्वीप अपरेसन खाडल, ४ वटा पर्यटक विश्रामस्थल, एउटा शौचालय, २० किमिको गोरेटो बाटो निर्माण गरिएको र वन्यजन्तु अपराध नियन्त्रण ब्युरो बैठक एकपटक भएको जानकारी दिनुभयो।