कांग्रेसको सभापति चयन


हेटौंडा, (नेस)।

नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि तथा प्रदेशसभा र स्थानीय तहको सभापति चयन गरिएको छ।केन्द्रीय प्रतिनिधि एवं निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले प्रतिनिधिसभाका दुई, प्रदेशसभाका चार र पाँचवटा स्थानीय तहको सभापतिहरू समायोजन गरिएको जानकारी दिनुभयो।

समायोजनसँगै नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ सभापतिमा दामोदर खनाल र २ नम्बर क्षेत्रीय सभापतिमा यतिराज सापकोटा चयन हुनुभएको छ।

क्षेत्र नम्बर–१ को प्रदेशसभा (क) मा डिल्लीप्रसाद घोरासैनी, क्षेत्र नम्बर–१ को (ख) मा ताराप्रसाद चौलागाईं सभापतिमा चयन हुनुभएको छ।

क्षेत्र नम्बर–२ को प्रदेशसभा (क) मा सुजन गोपाली र क्षेत्र नम्बर–२ को (ख) मा लोकबहादुर मुक्तान सभापतिमा चयन हुनुभएको छ। मकवानपुरका १० वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा पनि कांग्रेसले सभापतिको टुंगो लगाएको छ।

थाहानगर सभापतिमा योगेन्द्रमान श्रेष्ठ, हेटौंडा उपमहानगर सभापतिमा आनन्दराम पराजुली, गढी गाउँपालिका सभापतिमा राजवीर मोक्तान, बागमती गाउँपालिका सभापतिमा भक्तबहादुर राई र बकैया गाउँपालिका सभापतिमा भूमिनन्द गौतमलाई समायोजन गरिएको निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनुभयो