काँग्रेसका नेताहरुबीच सार्वजनिक स्थलमै कुटाकुट


कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा नेपाली कांग्रेसका दुई नेताबीच वीरगन्जको सार्वजनिक स्थलमै कुटाकुट भएको छ ।

कुटपिटबाट घाइते नेतालाई स्थानीयले उद्धार गरेर उपचारका लागि नारायणी अस्पतालमा पठाइएको छ । प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगन्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो ।बुधवार बिहान ७ः४५ बजेतिर आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि रहेका शर्मा र कलवार एक अर्कालाई गालिगलौज गर्दै आएका थिए । चिया पसलअगाडि भएको भनाभनपछि दुवै कुटपिटमा उत्रिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुई नेता कुटाकुटमा उत्रिएपछि चिया पिउन भेला भएकाहरुले छुट्याएका थिए ।

वीरगन्ज उधोग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकार गर्नुभएको छ । आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगर सभापति भोला कलवारको भनाइ छ ।कांग्रेसभित्रको समीकरणमा दुवैजना शेरबहादुर देउवा गुटका हुन् ।

उनीहरुबीचको कुटाकुटको कारणबारे नेताहरुले अनभिज्ञता प्रकट गरेका छन् । कुटपिटका क्रममा नाकबाट रगत बगेको प्रत्यक्षदर्शीले बताएका छन् ।यद्यपी उनीहरुकाबीचमा लामो समयदेखि मनमुटाव रहदै आएको नेकपा नेताहरुले बताएका छन् । शर्मा उधोग क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका ब्यक्ति हुन् भने साह ब्यवसायी हुन् ।

उनी वीरगन्जमा कालो धन आर्जन गर्ने ब्यवसायीको रुपमा रहेको र आफ्नो कालो धन लुकाउनका लागि काँग्रेस भएको स्वयम् काँग्रेसी नेताहरुले बताएका छन् । शर्माले साहलाई तस्कर र साहले पनि शर्मालाई कालोबजारी भनेपनि झगडा उत्पन्न भएको हो ।