पाँच वर्षसम्म ओली नै प्रधानमन्त्री, प्रचण्डले पाए कार्यकारी अधिकार


न्युज अफ नेपाल, काठमाडौं ।

पार्टी एकीकरण भएको डेढ बर्षपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकारी दिने निर्णय गरेको छ । आज बसेको नेकपा सचिवालय बैठकले सो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको जानकारी दिए ।

नयाँ कार्यविभाजन अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।