चर्चाको शिखरमा ‘निष्ठुरे’


धनवीर दाहाल, काठमाडौं ।
लोकदोहोरीको क्षेत्रमा पछिल्लो पटक ‘निष्ठुरे’ चर्चामा रहेको छ । लोक तथा दोहोरी गायिका सरिता कार्की र गायक कुलेन्द्र विश्वकर्माको आवाजमा ‘निष्ठुरे’ गितले चर्चा कमाएको हो ।

गत शुक्रबार साँझमात्रै सार्वजनिक गरिएको उक्त गीतमा शिव हमालको शब्द र लय रहेको छ । लाउछ माया नलाउने हैननीको अपार सफलतापछि सोहि टिमको गीत ‘निष्ठुरे’मा महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय तथा नृत्य देख्न सकिन्छ । आफुले माया गरेको मायालाई प्रेमको आभास गराएको मिठो भावलाई गीतमा समेटिएको छ ।

‘भन्दाभन्दै तिमी र तपाई, दिल बसेछ सुटुक्कै चाल नपाई १ चखेवाको जोडीझै होलानी कालले कुरे, भाग्यमा जुरे कति माया गरेछु मैले किन कुरा बुझ्दिनौ निष्ठुरे’ गीतमा यस्ता शब्द रहेका छन् । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गीत स्वयं गायिका कार्कीको अफिसियल युठ्युवमार्फत सार्वजनिक गरिएको हो । गीतले दर्शक स्रोताको मन जितेको छ ।

हेर्नुुस भिडियो