शितलनिवासमा नयाँ मन्त्रीहरुको सपथग्रहणको तयारी


न्युज अफ नेपाल, काठमाडौं ।
राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरूको सपथग्रहणको तयारी पूरा गरेको छ ।

शितलनिवास स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ ग्रहण जतिबेला पनि हुन सक्ने भन्दै बिहानैदेखि तयारी शुरू भएको हो
राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘यति बजे हो भन्ने ठ्याक्कै एकिन भएन तर हामीलाई तयारी अवस्थामा बस्ने निर्देशन दिइएको छ । त्यही अनुसार हामी तयार भएर बसेका छौं ।’

स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको काम गर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली छन् ।

बुधवार बिहान प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु दुवैले संयुक्त रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

भेटमा हट्ने र नयाँ आउने मन्त्रीहरूको नामावली राष्ट्रपतिलाई सुनाइएको थियो ।