उपसभामुख तुम्बाहाम्फे मन्त्री बन्दै


न्युज अफ नेपाल, काठमाडौं ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे मन्त्री बन्‍न तयार भएकी छन्। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रकरणमा मुछिएपछि सभामुखमा दाबी गरिरहेकी उनी मन्त्री बन्‍न तयार भएकी हुन्।

उपसभामुख भएकाले पहिलो दाबी गर्दै आएकी उनलाई सत्तारुढ नेकपाको नेतृत्व सभामुख बनाउन तयार नभएपछि मन्त्री बन्न तयार भएकी हुन्। सभामुख महराको दोष आफुले बोकेर उपसभामुख नछाड्ने अडान लिएकी उनलाई नेकपा नेतृत्वले अन्ततः मन्त्रीका लागि मनाएको हो।

उपसभामुख तुम्बाहाम्फेले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सीमित गरिएकाले आफूले सभामुख हुन पाउनुपर्ने बताएकी थिइन्। बुधबार बिहानै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेकी उनी मध्यान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी छन्।

स्रोतका अनुसार उनले यसबारेमा नेकपामा उच्च नेता र राष्ट्रपतिसँग पनि परामर्श गरिसकेकी छन्।