भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अष्ट्रियाको लिंज़मा ‘नेपाल डे’ को भव्य आयोजना

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

भिजिट नेपाल २०२० को पुर्व सन्ध्याको शुभ अवसर पारी नेपाली राजदुतावासले शनिबार अष्ट्रियाको लिंज़मा रहेको आल्टेस राटहाउसमा नेपाल डे को भव्य आयोजना गरेको थियो ।

अष्ट्रियाको लागी नेपालका राजदुत प्रकाश कुमार सुवेदीको स्वागत सम्बोधनबाट सो कार्यक्रम शुरु भएको थियो । उक्त समारोहमा लिंज़ नगरपालिकाका मेयरसहित उच्चस्तरका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी निमार्ण गरिएका विभिन्न डकुमेन्ट्री फिल्महरु र स्लाइड शो पनि प्रदर्शन गरिएको थियो ।

यसका साथै कार्यक्रममा नेपाली संस्कृति झल्किने नाँच र गायन समेत प्रस्तुत गरिएको थियो ।