नेपाल भ्रमणमा रहेका सचिनले प्रधानमन्त्री ओलीलाई भेटे


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल भ्रमणमा आएका प्रख्यात भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । शुक्रबार काठमाडौं आएका उनले ओलीलाई भेट्न आइतबार बालुवाटार पुगेका हुन् ।

युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर नेपाल आएका हुन् । उनले शनिबाबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए । आज बिहान उनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए ।