चितवनको माडीमा हात्तीको आक्रमणबाट बाबु छोराको मृत्यु


कृष्ण आचार्य, चितवन ।

चितवनको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका १ का ६० बर्षिय बाबुराम पौडेल र ३५ बर्षिय राजु पौडेल रहेका छन् ।

मृतक बाबु छोरा रहेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्क बहादुर विश्वकर्माले जानकारी दिनुभयो । आज विहान माडीको बरुवाबाट लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा बाँदरझुला तर्फ जाँदै गरेका उनिहरुलाई माडी नगरपालिका ९ स्थित देउराली ओरालोमा हात्तीले आक्रमण गरेको थियो । घटना लगत्तै नेपाली सेना,प्रहरी र जनप्रतिनिधि सहित स्थानियहरु घटनास्थलमा पुगेका थिए । शवको मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।