प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य थापालाई प्रेस सल्लाहकारमा नियुक्त गरेका गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री ओलीले थापालाई सल्लाहकार बनाउनु भएको हो । थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख हुन् ।

थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदासमेत प्रेस सल्लाहकार बनिसक्नुभएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्व सम्पादकसमेत हुनुहुन्छ ।

त्यस्तै पूर्व राजश्व सचिव लालशंकर घिमिरेलाई ओलीले आर्थिक सल्लाहकार नियुक्त गरेका गरिसक्नु भएको छ ।