कांग्रेस प्रवक्ताले प्रमलाई भनेः उपेन्द्र यादवलाई फेर्न नमिल्ने होला हैन ?


न्युज अफ नेपाल, काठमाडौँ ।

कंग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आठ जना मन्त्री फेर्न प्रधानमन्त्रीलाई सुझाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा फेर्नुपर्ने मन्त्रीको नामसहित उल्लेख गर्दै प्रवक्ता शर्माले यति गरे पुग्छ भनेका छन् ।

उनले फेर्नुपर्ने मन्त्रीको पहिलो नम्बरमा मातृका यादवको नाम लेखेका छन् भने आठौँमा सञ्चार मन्त्री गोकुल बास्कोटा भनेका छन् ।

त्यसै गरी फेर्नुपर्ने अन्य मन्त्रीहरूमा थममाया थापा, चक्रपाणि खनाल, जगत बहादुर विश्वकर्मा, बिना मगर, उपेन्द्र यादव र रघुवीर महा सेठको नाम लेखेका छन् । उपेन्द्र यादवलाई भने नमिल्ने होला भनेका छन् ।