उद्धार तथा मानव समस्या समाधानका बारेमा प्रशिक्षण

0
Shares

यमलाल भुसाल, बुटवल ।

मानव कल्याण मित्र मंञ्च नेपालको प्रथम अधिवेशनवाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । रुपन्देहीको तिलोत्तमा २ शंकनगरमा शुक्रवार प्रशिक्षण प्रदान गरिएको हो ।

मञ्चले गर्ने महिला,वालवालिका ,पुरुष,वृद्ध,वृद्धा ,फरक शारीरिक अवस्था भएकालाई उद्धार तथा मानव समस्या समाधानका वारेमा प्रशिक्षण प्रदान गरिएको अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताउनु भयो ।

सामाजिक सेवा भावले सहयोग गर्ने उद्देश्यलाई पदाधिकारी तथा सदस्यहरुले आफनो कर्तव्य ठानी काम गर्न पनि प्रशिक्षणमा सिकाईएको सचिव कविता पन्थीले बताउनु भयो । मानवता, मित्रता, शान्तिको प्रतिक भन्ने मुल नाराका साथ संस्था स्थापित भएको हो ।