आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

१२ वर्षअघि रौतहटको इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको अभियोगमा पक्राउ परेका निलम्वित सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आलमलाई २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटका घाइतेलाई जीउँदै ईट्टाभट्टामा हालेर जलाएर मारेको अभियोगमा प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो । अदालतले सरकारी साक्षी र आलमका साक्षीहरूको बयान लिनुका साथै मुद्दाको मूल विषयमा पनि बहस गर्ने जनाएको छ । सो बहस पछिमात्र आलमको मुद्दामा अदालतले फैसला गर्ने छ ।

आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।